home | about us | FAQs | contact us | feedbacks | Online Complaint |Webmail
Search Our Site
NHRC Conference
Press Release
आयोगका सदस्यहरूसहितको उच्चस्तरीय टोलीद्वारा गंगामायाको अवस्था अनुगमन, निजको जीवन रक्षाका लागि संवेदनशील भई तत्काल कार्य प्रकृया अगाडी बढाउन नेपाल सरकारलाई पत्राचार, २०७५ जेठ २५ High Level Team Comprising Commission's Members Monitored Ganga Maya's Condition Commission Dispatched a Letter to Nepal Government Pointing to Quickly Proceed the Act of Saving Her Life Being Sensitive, 8 June, 2018
2018-06-08
गंगामायाको जीवन रक्षा गर, २०७५ जेठ २१ Appeal of the Commission, Save Ganga Maya's Life, 4 June, 2018
2018-06-04
अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलन २६ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न, २०७५ वैशाख २८, National Conference on Rights of the Persons with Disability Concluded Proclaiming 26 points Declaration, 11 May, 2018
2018-05-11
अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर । सन्दर्भः विश्व प्रेस स्वतन्त्रता दिवस, २०७५ वैशाख २०, Ensure Freedom of Expression Context: World Press Freedom Day, 3 May, 2018
2018-05-03

News Letter (मानब अधिकार पत्र)
NHRC Tweets

Text size: Smaller Font View Normal Font View Larger Font View

NHRC RO Dhangadhi monitoring for status of human rights and social harmony at different place of Kailali (After Tikapur Incident) राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीले टीकापुर घटना पछि कैलालीको गाविस सहित टीकापुर नगरपालिकाको पछिल्लो मानव अधिकार तथा सामाजिक सदभावको अवस्थाको अनुगमन कार्य गरेको छ ।

 

NepalNHRC Regional Office Dhangadhi monitoring for status of human rights and social harmony at different place of Kailali (After Tikapur Incident)
 
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीले कैलालीको जोशीपुर, थापापुर, दुर्गौैली, भजनी, बैनिया गाविस तथा टीकापुर नगरपालिकाको पछिल्लो मानव अधिकार तथा सामाजिक सदभावको अवस्थाको अनुगमन कार्य गरेको छ ।
 
२०७२ भदौ ७ र ८ गतेको घट्नाले त्यस क्षेत्रमा परेको प्रभाव सम्बन्धमा आयोगले पछिल्लो मानव अधिकारको अवस्थाको अनुगमन गरेको हो । अनुगमनको क्रममा टीकापुरको घट्नाले थारु समुदायमा रहेको भलमन्सा(बडघर) प्रथामा पारेको प्रभावको सम्बन्धमा समेत अनुगमन गरेको थियो । अनुगमनको क्रममा आयोगले त्यस क्षेत्रका करिव २५/३० वटा गाँउका भलमन्साहरुसँग भेटघाट तथा सो प्रथामा परेको प्रभाव सम्बन्धमा दुई तिन चरणमा छलफल साथै जोशीपुर र थापापुर गाविसको राजैनितक दल, जेसिसका प्रतिनिधि, भलमन्सा, गाविस सचिव, मानव अधिकारकर्मी, नागरिक समाज, संचारकर्मीहरुसँग व्यापक छलफल गरेको छ ।
 
यस्तै टीकापुरमा २०७२ भदौ ८ गतेका पीडितहरुको अवस्था सम्बन्धमा आयोगले अनुगमन गरेको छ । उनिहरुको हालको मानव अधिकारको अवस्थाबारेमा अनुगमन तथा छलफल कार्यक्रम गरेको थियो ।

 

DOWNLOAD ENGLISH VERSION