home | about us | FAQs | contact us | feedbacks | Online Complaint |Webmail
Search Our Site
Press Release
{press}
News Letter (मानब अधिकार पत्र)
NHRC Tweets
Untitled Document

Text size: Smaller Font View Normal Font View Larger Font View

बैकल्पिक उम्मेदवारले सम्पर्क राख्ने सम्बन्धी सूचना

राष्ट्रिय मानव अधिकार आयोग

हरिहरभवन, पुल्चोक, ललितपुर

बैकल्पिक उम्मेदवारले सम्पर्क राख्ने सम्बन्धी सूचना

राष्ट्रिय मानव अधिकार आयोगमा रिक्त रहेका बिभिन्न पदहरुको लागि लोक सेवा आयोगद्वारा संचालित लिखित परीक्षामा सफल भै मिति २०७२/१२/१९ देखि संचालन भएको सामूहिक छलफल तथा अन्तर्वार्ता समेतबाट विज्ञापन नं. ३/०६७/६८ मानव अधिकार अधिकृत पदमा  सिफारिश हुनु भएका श्री जनकराज भट्ट निर्धारित मितिसम्म नियुक्तिका लागि आयोगमा सम्पर्क राख्न नआउनु भएको र श्री लोकेन्द्रबहादुर ज्ञवालीले नियुक्ति नलिने भनी निवेदन दिई सनाखत समेत भएको छ । त्यसैगरी विज्ञापन नं. ५/०६७/६८ लेखापाल पदमा  सिफारिश हुनु भएका श्री नारायणसिंह भण्डारी निर्धारित मितिसम्म नियुक्तिका लागि आयोगमा सम्पर्क राख्न नआउनु भएको र श्री मिनप्रसाद खनालले नियुक्ति नलिने भनी निवेदन दिई सनाखत समेत भएको हुँदा निजहरुलाई सिफारिश भएको उम्मेदवारको सूचीबाट हर्टाई पदपूर्ति समितिको सिफारिशमा बैकल्पिक उम्मेदवारको सूचीमा परेका तपसिल बमोजिमका बैकल्पिक उम्मेदवारहरुलाई राष्ट्रिय मानव अधिकार आयोगका कर्मचारीको सेवा, शर्त र सविधा सम्बन्धी नियमावली, २०७२ को नियम १५ बमोजिम नियुक्ति प्रकृयाको लागि आयोगमा सम्पर्क राख्न सूचित गरिन्छ ।

बैकल्पिक उम्मेदवारहरु
विज्ञापन नं. ३/०६७/६८    पदः मानव अधिकार अधिकृत
१. श्री पवित्रा भण्डारी, चितवन
२. श्री चिरञ्जीवी कोइराला, झापा

विज्ञापन नं. ५/०६७/६८    पदः लेखापाल
१. श्री सफला लामिछाने, काभ्रे
२. श्री विन्दा अधिकारी, मोरङ

DOWNLOAD