Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

आयोगका पदाधिकारी र प्रधानमन्त्री बिच भेटघाट तथा छलफल । पेरिस सिद्धान्त बमोजिम हुने गरी नयाँ ऐन निर्माण गर्ने प्रतिबद्धता । १९ भदौ, २०८०

प्रेस नोट
१९ भदौ, २०८०
आयोगका पदाधिकारी र प्रधानमन्त्री बिच भेटघाट तथा छलफल
पेरिस सिद्धान्त बमोजिम हुने गरी नयाँ ऐन निर्माण गर्ने प्रतिबद्धता
राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष तपबहादुर मगरसहितका पदाधिकारीहरुबाट आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटघाट गरी नेपालको मानव अधिकारको अवस्था, मानव अधिकार आयोगको नयाँ ऐन निर्माण र मानव अधिकार आयोगको स्तर निर्धारणको विषयमा छलफल भएको छ । 
 
प्रधानमन्त्रीसँगको भेटमा आयोगका माननीय अध्यक्षले आयोगले हालसम्म प्राप्त गरेको स्तर ‘ए’ श्रेणी कायम राख्नको लागि राष्ट्रिय मानव अधिकार आयोग ऐनमा पेरिस सिद्धान्त बमोजिम हुने गरी आर्थिक स्वायत्तता, पदाधिकारीहरुको नियुक्ति, कर्मचारीहरुको वृत्ति विकासको सुनिश्चिततालगायतका विषयलाई समेट्नुपर्ने र यसका लागि सम्माननीय प्रधानमन्त्रीबाट आवश्यक पहल हुनुपर्ने भनाई राख्नुभयो । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नको लागि आवश्यक पहल गर्ने बताउँँदै पेरिस सिद्धान्तबमोजिम हुने गरी राष्ट्रिय मानव अधिकार आयोगको नयाँ ऐन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  
 
छलफलमा आयोगका माननीय सदस्यहरु डा. सूर्य ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी, लिली थापा, नेपाल सरकारका मुख्य सचिव वैकुण्ठ अर्याल, आयोगका का.मु.सचिव मुरारिप्रसाद खरेल, सहसचिव डा. टीकाराम पोखरेल र मानव अधिकार अधिकृत दुर्गा पोखरेलको उपस्थिति रहेको थियो ।  
  
  .........................
डा. टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता

Download

Nepali Version Download