Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

राष्ट्र संघीय निकाय तथा कुटनीतिक नियोगहरुसँग छलफल । मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा सहकार्य र सहयोगको प्रतिबद्धता । २१ भाद्र, २०८०

राष्ट्रिय मानव अधिकार आयोगले आज आयोगको सभाकक्षमा नेपालस्थित संयुक्त राष्ट्र संघीय निकाय, विभिन्न कुटनीतिक नियोग तथा विकास साझेदारहरुसँग आयोगका काम कारवाही, आयोगका आगामी रणनीति र मानव अधिकारका समसामयिक विषयमा सहकार्य समन्वय सम्बन्धमा छलफल गरेको छ ।
छलफल कार्यक्रममा आयोगका माननीय अध्यक्ष तपबहादुर मगरले आयोगले गर्दै आएको मानव अधिकार संरक्षण र सम्बद्र्धनको कार्यमा संयुक्त राष्ट्र संघीय निकाय, कुटनीतिक नियोग तथा विकास साझेदारहरुले विगतमा गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा आयोगले मानव अधिकारका नवीनतम विषयहरुमा समेत कार्य गर्ने र त्यसका लागि विकास साझेदारहरुको सहयोग निरन्तर रहिरहने विश्वास व्यक्त गर्नुभयो । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि आइशानी लाबेले आयोगसँग दुई दशकदेखि निरन्तर सहकार्य रहेको बताउँदै भविष्यमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो । उपस्थित राजदूत तथा प्रतिनिधिहरुले मानव अधिकारको संरक्षण र सम्बद्र्धनका लागि आयोगसँग सहकार्य गर्न तत्पर रहेको धारणा राख्नुभयो ।
आयोगका का.मु. सचिव मुरारि खरेलले आयोगले विगतमा गरेको कार्य प्रगति, आयोगका प्राथमिकता क्षेत्र र भविष्यमा हुनसक्ने सहकार्यका क्षेत्रहरुका बारेमा प्रस्तुति गर्नुभएको थियो । छलफलमा आयोगका माननीय सदस्यहरु, फिनल्याण्ड, दक्षिण कोरिया, कतार, युएइका राजदूतहरु तथा विभिन्न कुटनीतिक नियोग, विकास साझेदार र संयुक्त राष्ट्र संघीय निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

     .............................
 डा. टीकाराम पोखरेल
 सहसचिव/प्रवक्ता

 

Download

Nepali Version Download