Press Release

Text Size A A A

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति आयोगद्वारा गहिरो दुःख व्यक्त । २६ भदौ, २०८०

प्रेस विज्ञप्ति

 २६ भदौ, २०८०

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति आयोगद्वारा गहिरो दुःख व्यक्त

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा गएराति भएको निधनप्रति राष्ट्रिय मानव अधिकार आयोग गहिरो दुःख व्यक्त गर्दछ । नेम्वाङले वि. सं. २०६४ र २०७० सालमा सम्पन्न संविधानसभाको निर्वाचनपश्चात् संविधानसभाको अध्यक्षको रुपमा रही नेपालको संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । विधिको शासन, लोकतन्त्र र मानव अधिकारप्रति सदैव प्रतिबद्ध रही राष्ट्रिय मानव अधिकार आयोगको स्थापना, ऐन निर्माण र संशोधनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका नेम्वाङ सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउने विषयप्रति सदैव चिन्तित हुनुहुन्थ्यो । नेम्वाङले मानव अधिकारको संरक्षण, सम्बद्र्धन र यस आयोगको संस्थागत सुदृढीकरणमा पुर्याउनुभएको योगदानको आयोग कदर गर्दछ ।

यस दुःखद् घडीमा राष्ट्रिय मानव अधिकार आयोग स्वर्गीय नेम्वाङको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

.........................

डा. टीकाराम पोखरेल

सहसचिव/प्रवक्ता

 

Download

Accessibility Tools