Press Release

Text Size A A A

आयोगका पदाधिकारीहरुबाट सम्माननीय राष्ट्रपतिसँग भेटघाट । २७ भदौ, २०८०

राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष तपबहादुर मगरसहितका पदाधिकारीहरुबाट आज राष्ट्रपतिको कार्यालय, शीतल निवासमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरी मानव अधिकार आयोगको स्तर निर्धारणको विषयमा छलफल भएको छ ।
राष्ट्रपतिसँगको छलफलमा आयोगका माननीय अध्यक्षले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार संरक्षण र सम्बद्र्धनका लागि सम्पादन गरेका कार्यको बारेमा जानकारी गराउँदै राष्ट्रिय मानव अधिकार आयोगलाई ‘ए’ श्रेणीमै कायम राख्नको लागि पेरिस सिद्धान्त बमोजिम राष्ट्रिय मानव अधिकार आयोग ऐन निर्माण गर्नुपर्ने र यसका लागि सम्माननीय राष्ट्रपतिबाट आवश्यक पहल हुनुपर्ने भनाई राख्नुभयो । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नको लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने बताउनुभयो ।  
भेटघाटमा आयोगका माननीय सदस्यहरु डा. सूर्य ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी, आयोगका का.मु. सचिव मुरारिप्र्रसाद खरेल, सहसचिव डा. टीकाराम पोखरेल र मानव अधिकार अधिकृत दुर्गा पोखरेलको समेत उपस्थिति रहेको थियो ।  
 
 .........................
   डा. टीकाराम पोखरेल
      ​​ सहसचिव/प्रवक्ता     

Download

Nepali Version Download

Accessibility Tools