Press Release

Text Size A A A

दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याऊ ; स्वास्थ्यको अधिकार सुनिश्चित गर । ३१ भदौ, २०८०

प्रेस विज्ञप्ति
३१ भदौ, २०८०

दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याऊ
स्वास्थ्यको अधिकार सुनिश्चित गर

चिकित्सकहरुमाथि कुटपिट भएको विरोधमा देशभरका अस्पतालहरुमा चिकित्सकहरुले गरेको आकस्मिक सेवा बाहेकको उपचार बन्दप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।
हेटौँडाको सञ्चो अस्पतालका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामी उपचार गरिरहेको अवस्थामा कुटपीट भएको र सोही विषयलाई लिएर चिकित्सक संघले चिकित्सकहरुमाथि आक्रमण गर्नेलाई कानूनी कारवाही गर्न माग गर्दै आइतबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको र अस्पतालमा उपचार सेवा बन्द हुँदा बिरामीहरु मार्कामा परेको पाइएको छ । समस्याको समाधानका लागि नेपाल सरकारले वार्ता टोली गठन गरी वार्ताको लागि गरेको पहललाई आयोगले सकारात्मक रुपमा लिएको छ ।
स्वास्थ सेवा जस्तो अति आधारभूत सेवा ठम्प हुँदा आमनागरिकको स्वास्थको अधिकारको उपभोगमा बाधा उत्पन्न हुन जान्छ । अतः स्वास्थ्य सेवा जस्तो अति संवेदनशील कार्यमा खटिने स्वास्थकर्मीहरुमाथि कुटपीट गर्ने दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन तथा स्वास्थकर्मीहरुको सुरक्षाको सुनिश्चितता गर्दै सबै स्वास्थ सेवाहरु सुचारु रुपले सञ्चालन हुने वातावरण सिर्जना गरी नागरिकको स्वास्थको अधिकार सुनिश्चितता गर्न, गराउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ । साथै, स्वास्थ सेवा जस्तो अति आवश्यक सेवा बन्द नगरी आफ्ना मागहरुका सम्बन्धमा वार्ता र संवादकै माध्यमबाट समाधान खोज्न आयोग नेपाल चिकित्सस संघ तथा सम्बद्ध सबै चिकित्सकहरुलाई अनुरोध गर्दछ ।

  .........................
 डा. टीकाराम पोखरेल
  सहसचिव/प्रवक्ता

Download

Accessibility Tools