Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

A team comprising officials of the Commission had interactive discussion with the Speaker of the Federal Parliament Hon. Devraj Ghimire, October 9,2023 ; आयोगका पदाधिकारी सहितको टोलीद्वारा संघीय संसदका सम्माननीय सभामुख देवराज घिमिरेसँग भेटघाट तथा छलफल, २२ असोज, २०८० Rt.


प्रेस नोट
२२ असोज, २०८०
आयोगका पदाधिकारी सहितको टोलीद्वारा संघीय संसदका सम्माननीय सभामुख देवराज घिमिरेसँग भेटघाट तथा छलफल
राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष तपबहादुर मगर नेतृत्वको पदाधिकारी सहितको टोलीले आज संघीय संसदका सम्माननीय सभामुख देवराज घिमिरेसँग सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेट गरी छलफल गरेको छ ।
सभामुखसँगको भेटमा राष्ट्रिय मानव अधिकार आयोग नेपालको स्तर ‘ए’ श्रेणी कायम गर्ने र मानव अधिकार आयोग ऐन तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक हाल संसदको मानव अधिकार समितिमा विचाराधीन रहेको अवस्थामा आयोगले दिएका सुझावका सम्बन्धमा समेत छलफल भएको थियो । सम्माननीय सभामुख देवराज घिमिरेले नेपालको राष्ट्रिय मानव अधिकार आयोगको स्तर ‘ए’ श्रेणीमा नै कायम राख्ने सम्बन्धमा संसदले सक्दो पहल गर्ने एवम् यस विषयमा नेपाल सरकारसँग समेत समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  साथै, उहाँले सङ्क्रमणकालीन न्याय एवम् राष्ट्रिय मानव अधिकार आयोग ऐनसम्बन्धी संशोधन विधेयकमा आयोगका सुझावहरुलाई समावेश गरेर अगाडि बढ्ने बताउनुभयो । आयोगका माननीय अध्यक्ष तप बहादुर मगरले यस सम्बन्धमा आयोगले गरिरहेका प्रयास र हालको स्थितिबारे जानकारी गराउनुभयो । आयोगका माननीय सदस्य डा. सूर्य ढुङ्गेलले एशिया प्रशान्त मञ्च (APF) र राष्ट्रिय मानव अधिकार संंस्थाहरुको विश्वव्यापी सञ्जाल (GANHRI) सँग आयोगले गरेका छलफल तथा पहलहरुबारे जानकारी गराउनुभयो ।
छलफलमा आयोगका माननीय सदस्य मनोज दुवाडी, का.मु. सचिव मुरारिप्रसाद खरेल र मानव अधिकार अधिकृत खिमानन्द बस्यालको समेत सहभागिता रहेको थियो ।

...........................
डा. टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता
   

 

Nepali Version Download