Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

लैङ्गिक समावेशीकरण सम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न ९ बुँदे "काठमाडौँ घोषणापत्र" जारी । २० भदौ, २०८१

प्रेस नोट
 
२० भदौ, २०८१
 
लैङ्गिक समावेशीकरण सम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
९ बुँदे "काठमाडौँ घोषणापत्र" जारी 
 
राष्ट्रिय मानव अधिकार आयोग नेपालको आयोजना तथा एशिया प्रशान्त मञ्च (एपीएफ) को सहकार्यमा राष्ट्रिय मानव अधिकार संस्थाहरुमा लैंिगक समावेशीकरणसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । 
मिति २०८१ भदौ १८ (सेप्टेम्बर ३, २०२४) देखि सुरु भएको सम्मेलनको क्रममा विभिन्न सातवटा सत्रहरुमा Pluralism in Policy and Practice, Implementation status of Amman Declaration, GESI Mainstreaming within NHRIs, Integrating Gender Perspective in Policy and Legislative in Review by the NHRIs, Human Rights Forum on Enhancing the External works of NHRIs, Role of NHRIs in Promoting Intersectionality in Asia Pacific Region, Climate Change and Gender JusticePluralism in Policy and Practice, Implementation status of Amman Declaration, GESI Mainstreaming within NHRIs, Integrating Gender Perspective in Policy and Legislative in Review by the NHRIs, Human Rights Forum on Enhancing the External works of NHRIs, Role of NHRIs in Promoting Intersectionality in Asia Pacific Region, Climate Change and Gender Justice लगातयका विषयमा छलफल भएको थियो । साथै, विज्ञहरुबाट Pluralism and Gender Equality, Key Observation on Amman Declaration and Way Forward, Gender Baseline Assessment    विषयक तीनवटा अवधारणापत्र प्रस्तुत भएको थियो । 
सम्मेलनमा अष्ट्रेलिया, बंगलादेश, फिजी, भारत, इन्डोनेशिया, इराक, जोर्डन, मलेशिया, माल्दिभ्स, मंगोलिया, नेपाल, ओमन, पाकिस्तान, प्यालेस्टाइन, फिलिपिन्स, कतार, सामोआ, थाइल्याण्ड, टिमोर लेस्ट सहित एशिया प्रशान्त क्षेत्रका १९ देशका राष्ट्रिय मानव अधिकार संस्थाका प्रमुख तथा प्रतिनिधि एवम् नेपालका नागरिक समाज, सरकारी निकाय, अधिकारकर्मी, सञ्चारकर्मी लगायत चार सय जनाको उपस्थिति रहेको थियो । सम्मेलनको उद्घाटन नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली र समापन माननीय उपप्रधानमन्त्री प्रकाशमान सिंहले गर्नुभएको थियो ।  
सम्मेलनले लैंिगक समावेशीकरणसम्बन्धी अन्तर्राष्ट्रियस्तरमा जारी घोषणापत्रहरुको कार्यान्वयनमा जोड दिँदै संलग्न बमोजिमको ९ (नौ) बँुदे काठमाडौँ घोषणापत्र जारी गरेको छ । 
             .........................
            डा. टीकाराम पोखरेल
              प्रवक्ता/सहसचिव 
 
  

Nepali Version Download