Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

आमरण अनसनमा रहेका दिपक सिलवालको अवस्था बारे अनुगमन; जीवन रक्षाका लागि पत्राचार । २ असोज, २०८१

प्रेस–नोट

२ असोज, २०८१

आमरण अनसनमा रहेका दिपक सिलवालको अवस्था बारे अनुगमन जीवन रक्षाका लागि पत्राचार

प्रसव पीडामा परेका महिला र ज्यान जोखिममा रहेका ग्रामीण भेगका नागरिकहरुको स्वास्थ्य उपचारका लागि आपतकालीन हेलीउद्धार गरी पाउँ भनी मिति २०८१ भाद्र २१ गतेदेखि काठमाडौँको शान्तिबाटिकामा आमरण अनसनमा रहेका तेह्रथुम जिल्ला फेदाप – ५ का ४२ वर्षीय दिपक सिलवालको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगले अनुगमन गरेको छ । अनुगमनको क्रममा निज सिलवालको स्वास्थ्य स्थिति कमजोर बन्दै गएको पाइएकोले निजको स्वास्थ्यउपचार सहित जीवन रक्षाको लागि आयोगले आजै गृह मन्त्रालयका साथै जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र प्रहरी परिसर भद्रकाली काठमाडौँलाई समेत तपसिल बमोजिम पत्राचार गरेको छ ।

......................

डा. टीकाराम पोखरेल

सहसचिव\प्रवक्ता 

....

श्री गृहमन्त्रालय,

सिंहदरबार काठमाडौं ।

विषय ः जीवनरक्षा सम्बन्धमा ।

उपर्युक्त सम्बन्धमा तेह्रथुम जिल्ला फेदाप, ५ स्थायी घर भई हाल काठमाडौँको शान्तिबाटिकामा वर्ष ४२ का दिपक सिलवाल प्रसव पीडामा परेका महिला र ज्यान जोखिममा रहेका ग्रामीण भेगका नागरिकहरुको स्वास्थ्य उपचारका लागि आपत्कालीन हेली उद्धार तथा संरक्षणका लागि विशेष पहल गरी पाउँ भनी २०८१ भाद्र २१ गतेदेखि आमरण अनसनत् रहनुभएकोमा हाल निज दिपक सिलवालको स्वास्थ्य अवस्थाको आयोगका अधिकृत सम्मिलित टोलीले अनुगमन गरेको छ । अनुगमनको क्रममा निज सिलवालको स्वास्थ्य स्थिति बिग्रँदै गएको पाइएकोले निजको स्वास्थ्य परीक्षण सहित जीवन रक्षाको लागि तहाँ कार्यालयबाट भए गरेका पहल समेत जानकारी गराईदिन अनुरोध छ ।

Nepali Version Download