Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

देशमा विकसित पछिल्लो घटनाक्रमप्रति आयोगको ध्यानाकर्षण: पूर्वाग्रहपूर्ण व्यवहार नगर्न र निष्पक्ष अनुसन्धानमा सहयोग गर्न आग्रह । ९ असोज, २०८१

 


प्रेस–विज्ञप्ति

९ असोज, २०८१
देशमा विकसित पछिल्लो घटनाक्रमप्रति आयोगको ध्यानाकर्षण
पूर्वाग्रहपूर्ण व्यवहार नगर्न र निष्पक्ष अनुसन्धानमा सहयोग गर्न आग्रह
विगत केही दिनदेखि देशमा विकसित विभिन्न घटनाक्रमहरु र त्यसबाट शान्ति सुरक्षा एवम् मानव अधिकारको संरक्षणमा पर्नसक्ने प्रतिकूल प्रभावप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ ।
कानूनको कार्यान्वयनमा पूर्वाग्रह भएको, दुरासय राखी पक्राउ गरिएको, पक्राउ गरिएका व्यक्तिप्रति मानवोचित व्यवहार नभएको र स्वास्थ्य उपचारमा पूर्वाग्रही भएको जस्ता सूचनाहरू आयोगमा प्राप्त भएका छन् । प्राप्त सबै सूचनाहरुको आयोगले अनुगमन गरिरहेको छ । पक्राउ र आरोपको पक्ष विपक्षमा भएका गतिविधिबाट नागरिकको मानव अधिकार संरक्षण र शान्ति सुरक्षामा समेत प्रभाव परिरहेको देखिएको छ । फौजदारी कसूरमा छानविन तथा अनुसन्धान गर्ने सन्दर्भमा राज्यको तर्फबाट हुनसक्ने पूर्वाग्रहपूर्ण व्यवहार र आरोपीको तर्फबाट प्रचलित कानूनी विधि र प्रक्रिया विपरीत व्यक्त हुने घृणायुक्त अभिव्यक्तिबाट यस प्रकारको अवस्था नआओस् भन्नेतर्फ सबै सचेत रहन् आवश्यक छ । फौजदारी मुद्दामा निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान हुन सकेमा मात्र देशमा मानव अधिकार र कानूनी शासनको स्थापना हुन्छ भन्ने कुरामा विवाद हुन सक्तैन ।   
अतः अपराधिक घटनाको अनुसन्धानलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि नगर्न नगराउन, नियन्त्रणमा लिएका अभियुक्तको स्वास्थ्योपचारमा विना भेदभाव चिकित्सकीय जिम्मेवारी र कर्तव्य निर्वाह गर्न, अपराधिक घटनाको सूक्ष्म र वैज्ञानिक अनुसन्धानमा जोड दिन, अनुसन्धानमा पूर्वाग्रहपूर्ण व्यवहार नगर्न आयोग नेपाल सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ । साथै, कसैले पनि घृणायुक्त अभिव्यक्ति नदिन तथा कानूनको सम्मान गर्दै अनुसन्धान प्रक्रियामा सहयोग गर्न समेत आयोग सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछ ।      
 ......................
डा. टीकाराम पोखरेल
 सहसचिव/प्रवक्ता

 

Nepali Version Download