Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

आमउपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आग्रह । १८ असोज, २०८१

प्रेस–विज्ञप्ति

१८ असोज, २०८१


आमउपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आग्रह ।


देशमा हालै घटेका बाढी पहिरोका घटनाबाट उत्पन्न परिस्थिति तथा चाडपर्व नजिकिँदै जाँदा यातायातका साधनहरुले तोकिएको मूल्य भन्दा बढी भाडा लिएको, दैनिक उपभोग्य सामग्रीहरुमा मूल्य वृद्धि भएको तथा हवाई यातायातको भाडामा सर्वसाधारणको पहुँच पुग्न नसकेको जस्ता सूचनाहरु सञ्चार माध्यम लगायत विभिन्न सामाजिक सञ्जालमा प्रकाशन भइरहेकोमा आयोगको ध्यानाकर्षण भएको छ ।
हालैको भारी वर्षाबाट उत्पन्न बाढी, पहिरो र डुबानबाट देशले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको यस संकटको अवस्थामा व्यवसायिक उत्तरदायित्व बहन गर्दै राज्यलाई सहयोग गर्नु तथा नागरिकको पीडामा मलहम लगाउनु व्यवसायिक क्षेत्रको पनि दायित्व रहन्छ । केही दिन अघिदेखि इन्धनको मूल्य घटेको भए पनि यातायात तथा उपभोग्य सामग्रीको मूल्य भने घटेको पाइएको छैन । चाडपर्वमा हुनसक्ने अत्याधिक मूल्य वृद्धि, कालाबजारी, खाद्यान्नमा मिसावट, म्याद गुज्रिएका खाद्यान्नको बिक्री जस्ता उपभोक्ता अधिकार विपरीतका क्रियाकलापलाई नियन्त्रण गर्न सरकारी निकायबाट अनुगमन तथा नियमन हुनुपर्नेमा प्रभावकारी अनुगमन हुन सकेको देखिँदैन ।
अत ः आमउपभोक्ताको अधिकारमा संवेदनशील भई चाडपर्वको समयमा सार्वजनिक यातायातलाई सर्वसुलभ बनाउन, हवाई यातायातलाई सर्वसाधारणको पहुँचयुक्त बनाउन, आमउपभोक्ताका आधारभूत आवश्यकताका सामग्रीहरुको मूल्य निर्धारण र सहज पहुँचको लागि जिम्मेवार निकायबाट हुने अनुगमनलाई प्रभावकारी बनाउन आयोग तीनै तहका सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ । साथै, व्यवसायिक उत्तरदायित्वलाई महत्वका साथ कार्यान्वयन गर्न आयोग निजी क्षेत्रलाई  समेत अनुरोध गर्दछ ।  
......................
डा. टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता                                            

 

 

Nepali Version Download