दशैँ बिदामा आयोग खुला रहने । २२ असोज, २०८१
प्रेस नोट
२२ असोज, २०८१
दशैँ बिदामा आयोग खुला रहने
राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी दशैँ बिदामा बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म खुला रहनेछन् । आयोगले आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको हो । यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनाहरुमा आकस्मिक अनुगमन समेत गर्ने छ ।
राष्ट्रिय मानव अधिकार आयोगका कार्यालयहरुको सम्पर्क नम्बर ः
क्र.सं. कार्यालय मोवाइल नं.
१ केन्द्रीय कार्यालय, पुल्चोक, ललितपुर ९८५१३२२७५३
२ कोशी प्रदेश कार्यालय, विराटनगर ९८५२०२२४४८
३ मधेश प्रदेश कार्यालय, जनकपुर ९८५४०२९७०६
४ बागमती प्रदेश कार्यालय, हेटौँडा ९८५५०७६३११
५ गण्डकी प्रदेश कार्यालय, पोखरा ९८५६०२६९७७
६ लुम्बिनी प्रदेश कार्यालय बुटवल, ९८५७०४४५५१
७ कर्णाली प्रदेश कार्यालय, बीरेन्द्रनगर ९८५८०३५२२४
८ सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी ९८५८४२३६२१
९ कोशी प्रदेश शाखा कार्यालय, दिक्तेल खोटाङ्ग ९८५२८४९२८४
१० लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगञ्ज ९८५८०२०९९४
...........................
डा. टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता