दमननाथ ढुङ्गानाको निधनप्रति गहिरो दुःख व्यक्त । ३ मङ्सिर, २०८१
प्रेस–विज्ञप्ति
३ मङ्सिर, २०८१
दमननाथ ढुङ्गानाको निधनप्रति गहिरो दुःख व्यक्त ।
प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाको हिजो भएको निधनप्रति राष्ट्रिय मानव अधिकार आयोग गहिरो दुःख व्यक्त गर्दछ ।
ढुङ्गानाको निधनले नेपालको लोकतान्त्रिक आन्दोलन, कानून र मानव अधिकारको क्षेत्रमा अपूरणीय क्षति पुग्नुका साथै देशले एक अमूल्य निधि गुमाएको छ । उहाँले नेपालको संविधान, २०४७ को निर्माण, संसदको गरिमाको रक्षा, कानूनको कार्यान्वयन, शान्तिप्रक्रिया तथा मानव अधिकारको संरक्षण र सम्बद्र्धनका लागि पुर्याएको योगदानको आयोग कदर गर्दछ । मानव अधिकारको संरक्षण, सम्बद्र्धन र शान्ति प्रक्रियाका सवालमा ढुङ्गानाले यस आयोगसँग समेत जोडिएर गरेको कार्यको आयोग स्मरण गर्दछ । ढुङ्गानाले देश र नागरिक अधिकारको रक्षाको लागि पुर्याएको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने विश्वासका साथै राज्यले उहाँको उच्च मूल्याङ्कन गर्ने आयोगले विश्वास लिएको छ ।
यस दुःखद घडीमा राष्ट्रिय मानव अधिकार आयोग स्वर्गीय ढुङ्गानाको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।
......................
डा. टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता