Skip to main content
संवाहक (SAMBAHAK) मानव अधिकार शोध-पत्रिका (Human Rights Journal) मा लेख उपलब्ध गराउने सम्बन्धी सूचना
70 Days To Go

Accessibility Tools

Press Release

Text Size A A A

रवि लामिछानेको विषयमा आयोगले प्रहरी उच्चअधिकारीहरुसँग जानकारी लियो । २४ मङ्सिर, २०८१

प्रेस–विज्ञप्ति


२४ मङ्सिर, २०८१


रवि लामिछानेको विषयमा आयोगले प्रहरी उच्चअधिकारीहरुसँग जानकारी लियो

सहकारी प्रकरणमा अनुसन्धानको क्रममा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई चितवनबाट मध्यरातमा कास्की लैजाने क्रममा प्रहरी महानिरीक्षकको आदेशले उहाँमाथि अमानवीय व्यवहार गरी मानव अधिकार हनन् गरिएकोले छानविन गरी मानव अधिकार संरक्षण गरीपाउँ भन्ने समेत व्यहोराको आयोगमा परेको उजूरीका सम्बन्धमा आयोगबाट अनुसन्धान प्रारम्भ गरिएको छ ।


घटनाबारे आयोगको केन्द्रीय कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ सहितको प्रहरी उच्चअधिकारीहरुसँग आज आयोगले थप जानकारी लिएको छ । जानकारी लिने क्रममा आयोगका माननीय सदस्य मनोज दुवाडीले कानूनी शासनको प्रत्याभूति सहित स्वच्छ पूर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुुनुपर्नेमा आयोगको चासो रहेको बताउनुभयो ।


यस सम्बन्धमा निष्कर्षमा पुग्न प्रहरी महानिरीक्षकसँग समेत थप बुझुनुपर्ने भएकाले आयोगले अनुसन्धानलाई निरन्तर जारी राखेको छ ।   

  ...........................

डा. टीकाराम पोखरेल
 सहसचिव/प्रवक्ता

 

                                            

 

Download