Skip to main content
संवाहक (SAMBAHAK) मानव अधिकार शोध-पत्रिका (Human Rights Journal) मा लेख उपलब्ध गराउने सम्बन्धी सूचना
85 Days To Go

Accessibility Tools

Press Release

Text Size A A A

आयोगका पूर्वसदस्य श्री प्रकाश वस्तीको निधनप्रति आयोगद्वारा शोक व्यक्त, १४ पुस, २०८१

प्रेस–नोट
१४ पुस, २०८१

आयोगका पूर्वसदस्य श्री प्रकाश वस्तीको निधनप्रति आयोगद्वारा शोक व्यक्त

राष्टिय मानव अधिकार आयोगले आयोगका पूर्व सदस्य श्री प्रकाश वस्तीको मिति २०८१ पुष १२ गते भएको असामयिक तथा दुःखद निधनप्रति गहिरो शोक व्यक्त गरेको छ । स्व. वस्तीले मिति २०७१/०७/०३ देखि २०७७/०७/०२ सम्म ६ वर्ष आयोेगको सदस्यको जिम्मेवारी निर्वाह गरी मानव अधिकारको संरक्षण र सम्बद्र्धनका साथै यस आयोगका कामकारवाहीलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
यस दुःखद घडीमा आयोगले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गरेको छ । आयोगले स्व. वस्तीको सम्मान र सम्झनामा आयोगमा वस्तीको तस्वीरसहित १३ दिनसम्म शोकपुस्तिका राख्ने र तेह्रौँ दिनका दिन श्रद्धाञ्जलीसभा आयोजना गर्नेछ ।

......................
 डा. टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता

 

Download