Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

बालमन्दिरको जग्गा हिनामिना गरेको भनिएको घटना आयोगद्वारा अनुसन्धान शुरू, २ फागुन, २०८१

प्रेस–नोट
२ फागुन, २०८१

 बालमन्दिरको जग्गा हिनामिना गरेको भनिएको घटना आयोगद्वारा अनुसन्धान शुरू

नेपाल बाल सङ्गठनको जग्गा भाडामा लगाउँदा भएको अनियमिततामा तत्कालीन अध्यक्ष रिता सिंह वैद्यको संलग्नता रहेको तर सत्ता र शक्तिको आडमा निज उपर मुद्दा नचलाउने भनी सरकारी वकिल कार्यालय, काठमाडौँले निर्णय गरेको भनी विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।
आयोगले उक्त घटनाको स्व–विवेकीय (Suo-Motu) क्षेत्राधिकार प्रयोग गरी छानविन तथा अनुसन्धान प्रारम्भ गरेको छ । आयोगले उच्च सरकारी वकील कार्यालय पाटन र जिल्ला सरकारी वकील कार्यालय काठमाडौँलाई निर्णयको प्रतिलिपि तथा केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जलाई अनुसन्धान मिसिलको प्रतिलिपि सात दिन भित्र उपलब्ध गराउन पत्राचार गरेको छ ।
.......................
डा. टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता

 

Download