स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनको आयोगले अनुगमन गर्ने, ४ चैत, २०८१
प्रेस नोट
४ चैत, २०८१
स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनको आयोगले अनुगमन गर्ने
राष्ट्रिय मानव अधिकार आयोगले विगत देखि नै मानव अधिकारको दृष्टिकोणले निर्वाचनकोे अनुगमन गर्दै आईरहेको छ । यसै सन्दर्भमा, त्रिभुवन विश्वविद्यालय अन्र्तगतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा २०८१ चैत्र ५ गते सम्पन्न हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्व.वि.यू) निर्वाचनको आयोगले अनुगमन गर्ने भएको छ । निर्वाचन अनुगमनका लागि आयोगको केन्द्रीय कार्यालय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरूबाट टोली गठन गरिएको छ ।
...........................
डा.टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता