Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

निर्वाचन सुरक्षा व्यवस्थाबारे सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरूसँग छलफल । निर्वाचन सुरक्षासम्बन्धी आवश्यक सामग्रीहरुको यथोचित व्यवस्था गर । ४ फागुन २०८२

प्रेस–विज्ञप्ति
४ फागुन, २०८२ 

निर्वाचन सुरक्षा व्यवस्थाबारे सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरूसँग छलफल ।
निर्वाचन सुरक्षासम्बन्धी आवश्यक सामग्रीहरुको यथोचित व्यवस्था गर । 

यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थाको तयारी तथा निर्वाचनमा मानव अधिकारको संरक्षण सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारका चार वटै सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू सँग आज छलफल गरेको छ । 
छलफलको क्रममा आयोगका माननीय अध्यक्ष तपबहादुर मगरले निर्वाचनमा मतदाता, उम्मेदवार, पर्यवेक्षक, अनुगमनकर्ता तथा निर्वाचनमा खटिने सम्पूर्ण कर्मचारीको सुरक्षा व्यवस्था र मानव अधिकार संरक्षणको लागि भएका कार्यहरू सम्बन्धमा जानकारी गराउन अनुरोध गर्नु भएको थियो । कार्यक्रममा सुरक्षा निकायलाई आवश्यक पर्ने सहायता सामग्रीको कमीका बाबजुद निर्वाचन सम्पन्न गराउनका लागि सुरक्षा निकायबाट उच्च मनोबलका साथ तयारी भइरहेको सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरुले बताउनु भयो । 
कार्यक्रममा आयोगका माननीय सदस्यहरु, सचिव, नेपाली सेनाका रथी, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख समेतको उपस्थिति रहेको थियो । 
अतः निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न सुरक्षानिकायलाई आवश्यक सञ्चार, सुरक्षा र यातायात लगायत निर्वाचन सुरक्षा सम्बन्धी सामग्रीहरुको यथोचित व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ ।   
  …………………..
 श्यामबाबु काफ्‌ले
सहायक प्रवक्ता/उपसचिव

Download