नेपाल सरकारले प्राथमिकता दिनुपर्ने मानव अधिकारका विषयहरु सरकार समक्ष पेश। २९ वैशाख, २०८३
प्रेस नोट
२९ वैशाख, २०८३
नेपाल सरकारले प्राथमिकता दिनुपर्ने मानव अधिकारका विषयहरु सरकार समक्ष पेश
नेपालको संविधान, अन्य प्रचलित कानून र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चत गरेका मानव अधिकार सम्बन्धी दायित्वको कार्यान्वयनमा वर्तमान सरकारले दिनुपर्ने प्राथमिकताका विषयहरू र सो को लागि गरिनुपर्ने कार्यहरू समेत उल्लेख गरी आयोगले नेपाल सरकारलाई पत्राचार गरेको छ ।
वैशाख २५, २०८३ मा प्रेषित पत्रमा मौलिक हकको कार्यान्वयन, कानूनी सुधार, सङ्क्रमणकालीन न्याय, मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना, विकास र मानव अधिकार, मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संयन्त्रबाट प्राप्त सुझाव र राष्ट्रिय मानव अधिकार आयोगको सुदृढीकरण, निर्वाचन र मानव अधिकार एवम् सार्वजनिक सेवाप्रवाह र मानव अधिकारका क्षेत्रमा गरिनुपर्ने समग्र कार्यको बारेमा विस्तृत रुपमा उल्लेख गरिएको छ । आयोगले प्रेषित गरेका विषयहरूलाई नेपाल सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्ने अपेक्षा आयोगले लिएको छ ।
आयोगले प्रेषित गरेका मानव अधिकारका विषयहरू यसैसाथ संलग्न गरिएको छ ।
..........................
डा. टीकाराम पोखरेल
प्रवक्ता/सहसचिव