Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको संरक्षण गर । २२ जेठ २०८३ (जुन ५)

प्रेस विज्ञप्ति

२२ जेठ २०८३ (जुन ५)

स्वच्छ स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको संरक्षण गर

आज विश्व वातावरण दिवस (जुन ) विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।यस अवसरमा नेपालको संविधान तथा अन्तर्राष्ट्रिय मानव अधिकारका मापदण्डअनुसार प्रत्याभूत गरिएको स्वच्छ, स्वस्थ र दिगो वातावरणमा बाँच्न पाउने मौलिक हक र मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि राष्ट्रिय मानव अधिकार आयोग सबै सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छ।

नेपालको संविधानको धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ। संविधानमा राज्यलाई वातावरणीय प्रदूषण नियन्त्रण तथा क्षति न्यूनीकरण गर्ने दायित्व तोकिएको छ। तथापि राज्यको यसतर्फ पर्याप्त ध्यान पुग्न नसकेको देखिन्छ ।

पछिल्ला वर्षहरूमा वायु प्रदुषण, वन विनाश, जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापनको कमजोरी तथा प्राकृतिक स्रोतहरूको असन्तुलित दोहनका कारण वातावरणीय अवस्था जटिल बन्दै गएको तथा यसले जनस्वास्थ्य, जीविकोपार्जन तथा जीवनस्तरमा पारेको नकारात्मक प्रभाव प्रति आयोग गम्भीर चिन्ता व्यक्त गर्दछ।

भक्तपुरको मध्यपुर ठिमीमा जथाभावी फोहोर फालेका कारण वातावरणमा नकरात्मक असर परेको र डडेल्धुराको अमरगढी नगरपालिकामा मानव वस्तीका बीचमा स्थानीयहरुको विरोधका बावजुद जबरजस्ती डम्पिङ साइट बनाउन प्रयास गरेको भनी आयोगमा उजुरी समेत परी कारवाहीको प्रक्रियामा रहेको छ ।

अत:  स्वच्छ, स्वस्थ र दिगो वातावरणमा बाँच्न पाउने मौलिक हक र मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि प्रभावकारी कदम चाल्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ । साथै, वातावरण प्रदुषणको जोखिमलाई गम्भीर रूपमा लिँदै सचेत रहन, वातावरण संरक्षणमा सक्रिय सहभागिता जनाउन, प्रदुषण न्यूनीकरण गर्ने कार्यमा सहयोग गर्न, जैविक विविधताको संरक्षण गर्न तथा वर्तमान र भावी पुस्ताका लागि सुरक्षित एवं दिगो वातावरण निर्माणमा सहयोग गर्न आयोग सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछ।

‍----------------------------

डा. टीकाराम पोखरेल

 प्रवक्ता\सहसचिव

Download