विपद् प्रभावितहरुको आधारभूत मानव अधिकार संरक्षण गर्न आग्रह, २२ भदौ, २०८३
प्रेस-विज्ञप्ति
२२ भदौ, २०८३
विपद् प्रभावितहरुको आधारभूत मानव अधिकार संरक्षण गर्न आग्रह
गत २०८३ भाद्र १० गतेको बाढीबाट प्रभावितहरूको मानव अधिकार अवस्थाको बारेमा आयोगका माननीय सदस्य डा. लीली थापाको नेतृत्वमा गएको उच्चस्तरीय अनुगमन टोलीले रसुवा र नुवाकोट जिल्लाको स्थलगत अनुगमन गरेको छ। बाढीबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको, प्रभावित क्षेत्रमा खानेपानी, विजुली, स्वास्थ्य सेवाको अभाव देखिएको, उद्धार कार्यमा विज्ञहरुको अभाव रहेको, सुरक्षाकर्मीको सङ्ख्या न्यून रहेको, उद्धार सामग्रीहरुको कमी रहेको, सर्वसाधारणको आवतजावतमा समस्या देखिएको लगायतका समस्याहरु आयोगले गरेको अनुगमनका क्रममा पाइएको छ । अत: तपसिल बमोजिमका विषयहरुमा तत्काल प्रभावकारी कदम चाल्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।
तपसिल
(क) बाढीले रसुवा र नुवाकोट जिल्लामा आधारभूत आवश्यकताका भौतिक संरचनामा क्षति पुर\याएको हुँदा खानेपानी, विजुली, स्वास्थ्य सेवा जस्ता आधारभूत सेवाहरु नियमित रुपमा संचालन गरी प्रभावितहरुको मानव अधिकारको संरक्षण गर्न विज्ञता सहितको प्राविधिक टोलीको व्यवस्था र परिचालन गर्न, गराउन।
(ख) उद्धार कार्यलाई अझ प्रभावकारी बनाउन सुरक्षाकर्मीको सङ्ख्या वृद्धि गरी उद्धार कार्यलाई निरन्तरता दिन र उद्धार टोलीका लागि उद्धार सामग्रीहरुको पर्याप्त व्यवस्था गर्न, गराउन।
(ग) यातायात तथा आवातजावत बन्द हुँदा नागरिकको दैनिक जनजीवनमा प्रभाव परेको हुँदा वैकल्पिक यातायातको व्यवस्था गर्न, गराउन।
.........................
डा. टीकारम पोखरेल
प्रवक्ता/सहसचिव