Skip to main content
संवाहक (SAMBAHAK) मानव अधिकार शोध-पत्रिका (Human Rights Journal) मा लेख उपलब्ध गराउने सम्बन्धी सूचना
81 Days To Go

Accessibility Tools

Press Release

Text Size A A A

उच्च सूरक्षा सतर्कता अपनाउन आग्रह । ८ असोज २०८३

प्रेस विज्ञप्ति
८ असोज २०८३


उच्च सूरक्षा सतर्कता अपनाउन आग्रह


बंगालको खाडीबाट उत्पन्न भएको न्यूनचापीय वायुको प्रभावको कारण भारतका विभिन्न भूभाग हुँदै मिति २०८३ असोज ०८ गतेदेखि १२ गतेसम्म नेपालका धेरैजसो भूभागमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन भनी मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचना र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट समेत सोहीअनुसारको अपिल जारी भएको अवस्थालाई राष्ट्रिय मानव अधिकार आयोगले गम्भीरतापूर्वक जानकारीमा लिएको छ । उक्त वर्षाका कारण देशका विभिन्न भूभागमा बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने तथा उच्च हिमाली भेगमा हिमपात समेत हुनसक्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाउनु आवश्यक छ । 


यस विषम परिस्थितिमा विपद्को पूर्वसन्ध्यामा विपद् प्रतिकार्य र जोखिम न्यूनीकरणमा राज्यका निकायहरुले विशेष ध्यान दिनु आवश्यक छ । यससँग सम्बन्धित सम्पूर्ण निकायहरुले समयमा नै सही सूचना प्रवाह गर्न, जोखिम क्षेत्रको पहिचान गरी उच्च सूरक्षा सतर्कता अपनाउन, पूर्व तयारी तथा विपद् प्रतिकार्यलाई विशेष प्राथमिकता दिन तथा विपद् प्रतिकार्यको लागि पर्याप्त स्रोत, साधन र सामग्रीको व्यवस्था गर्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ । साथै, नेपाल सरकारका आधिकारिक निकायबाट जारी भएका सूचना तथा अनुरोधलाई गम्भीरतापूर्वक लिई सुरक्षित रहन, अत्यावश्यक बाहेक यात्रा नगर्न,  मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न र आधिकारिक सूचना मात्र अरुलाई संप्रेषण गर्न आयोग सर्वसाधारणलाई अपिल गर्दछ । 

..............
डा. टीकाराम पोखरेल
प्रवक्ता/सहसचिव

 

Download